१४ कार्तिक २०८३, शनिबार

‘कोरोनालाई धान्नै नसक्ने स्थिति आउने संकेत आयो, सचेत बनौँ’

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिनहरुमा कोरोनाभाइरस संक्रमण तीव्र बनिरहेको बताएको छ ।

वुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताए ।

यसले नेपालको स्वास्थ्य संरचनाले धान्नै नसक्ने संकेत देखिएको भन्दै प्रवक्ता गौतमले स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिन आह्वान गरे ।

‘संक्रमणको दर अत्यधिक बढेको छ, आजमात्रै २ हजार ३५१ जना नयाँ संक्रमितहरु थपिनु भएको छ । हरेक ४ दिनमा संक्रमण डबल भइरहेको छ’, प्रवक्ता गौतमले भने, ‘हाम्रा संरचनाहरुले धान्नै नसक्ने गरी बिरामीको संख्या बढ्ने संकेत प्राप्त भएको छ । अत्यन्त जरुरी नपरी घरबाहिर ननिस्कन, सभा, सम्मेलन, मिटिङ, जात्रा नगर्न र नागरिकको जीवन रक्षा गर्न सघाउन म विशेष अनुरोध गर्न चाहन्छु ।