
काठमाडौँ, ८ वैशाख । नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिनेमा अलमलमा रहेको छ ।
सो पार्टीको मंगलबार र वुधबार बसेको स्थायी कमिटी बैठकमा सरकारबाट समर्थन फिर्ता लिनेबारे छलफल भए पनि कुनै ठोस निर्णय गर्न सकेन ।
त्यस्तै, वुधबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको एक नेताले जनाएका छन् । अब प्रचण्ड आफू खुशी कुनै पनि बेला सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुको विश्वास छ ।












प्रतिक्रिया