८ कार्तिक २०८३, आइतबार

सांग्रिला बैंकका कर्मचारीहरूलाई बैंकिङ्ग तालिम

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूका लागि २ दिने अभिमुखीकरण तथा बैंकिङ तालिम प्रदान गरेको छ ।

वैशाख ५ र ६ गते बैंकका विभिन्न विभाग र शाखाका कर्मचारीहरूलाई त्यस्तो तालिम प्रदान गरिएको हो ।

कर्मचारीहरूलाई बैंकसम्बन्धी कामहरू तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले कर्मचारीहरूलाई हौसला प्रदान गर्नुका साथै यस किसिमको तालिमले कर्मचारीहरूको कार्यकुशलता बढ्ने बताए ।