मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

यातायात मन्त्री नेम्बाङसँग महासंघ प्रतिनिधिको भेट, काठमाडौँ घोषणा पत्रबारे जानकारी

दैनिक नेपाल २०७८ वैशाख ७ गते २१:५७


काठमाडौँ, ७ वैशाख । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङलाई महासंघको हालै सम्पन्न २२ औं साधारण सभाले गरेका निर्णयहरू बारे जानकारी गराएको छ ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मंगलवार मन्त्री नेम्बाङलाई भेटी चैत्र २९ र ३० गते सम्पन्न साधारण सभा पश्चात् जारी काठमाडौ घोषणा पत्र बारे जानकारी गराएको हो ।

जवाफमा मन्त्री नेम्बाङले सरोकारवालाहरूसँग छलफल गरी महासंघको घोषणा पत्र कार्यान्यनका लागि पहिल गर्ने आश्वासन दिएका थिए ।

महासंघले साधारण सभामा प्रमुख अतिथिको रुपमा सहभागी भई निर्माण व्यवसायीहरूको हौसला बढाएकोमा मन्त्री नेम्बाङ समक्ष आभार व्यक्त गरेको छ ।

महासंघ प्रतिनिधिमण्डलमा अध्यक्ष सिंहसँगै महासचिव रोशन दाहाल, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, महासंघ कार्य समिति सदस्य मोहनकुमारी कालिकोटे, कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित