१४ कार्तिक २०८३, शनिबार

नेपाल पक्षले समयमै स्पष्टिकरण दिने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टीले सोधेको स्पष्टिकरण समयसीमामै दिने भएको छ ।

मंगलबार बानेश्वरमा बसेको सो पक्षको सांसदहरुको छलफलले सबै नेताहरुले समयसीमा भित्रै स्पष्टीकरण बुझाउने निर्णय गरेको हो ।

छलफलमा नेताहरुले आफूहरु एमाले विभाजनको पक्षमा नभएको बताउँदै स्पष्टिकरण दिने बताएका थिए ।

एमालेले मंगलबार माधव पक्षका संघका २७ र प्रदेशका ५ गरी ३२ सांसदलाई दुई दिनभित्र स्पष्टिकरण दिन निर्देशन दिएको हो ।