२ कार्तिक २०८३, सोमबार

तालिबानको जेलबाट २८ सर्वसाधारण मुक्त

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । अफगान सेनाले अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डमा सोमबार राती शुरु गरेको एक विशेष अभियानमा ६ जना सशस्त्र आतङककारी मारिएका छन् ।

सोही अभियानको क्रममा २८ जना व्यक्तिलाई तालिबानको जेलबाट मुक्त गरिएको सेनाले मङ्गलबार पुष्टि गरेको छ ।

अफगानिस्तान नेसनल आर्मीका कमाण्डोहरुले हेल्मान्ड प्रान्तको मुसा काला जिल्लाको वरपरका इलाकामा आतङ्ककारीलक्षित कारबाही गरेका थिए ।

सेनाले प्रकाशन गरेको विज्ञप्तिकाअनुसार मुक्त भएर सेनाका शिविरमा लगिएका ती व्यक्तिहरुका मेडिकल चेकअप भएको थियो ।

तालिवान विद्रोहीहरु प्रायः गाउँ र राजमार्गबाट सर्वसाधारण र सुरक्षाकर्मीहरुलाई अपहरण गर्ने गरेका छन् । अपहरण परेका ती सर्वासाधारण र सुरक्षाकर्मीहरुलाई तालिबानहरुले जासूसी गरेको आरोप लगाउँदै सजाय दिने गरेका छन् ।

तालिबानी आतङकवादी समूहले सर्वासाधारण मुक्ति र सशस्त्र हतिहारधारी मारिएका विषयमा कुनै प्रतिक्रिया दिइसकेको छैन । –रासस