
काठमाडौँ, ६ वैशाख । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद हेरफेर भएको छ ।
यसै क्रममा सोमबार नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी, कल्पना पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
उनीहरु जसपाका सांसद हुन् ।
सोमबार सरकारविरुद्ध सांसदहरुले अविश्वास प्रस्ताव दर्ता भएको केहीबेरमै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।
त्यस्तै, आजै अविश्वास प्रस्ताव दर्ता भएपछि माओवादीका दुई जना मन्त्रीले राजीनामा गरेका थिए ।












प्रतिक्रिया