
काठमाडौँ, ६ वैशाख । काठमाडौँ उपत्यकामा एकै दिन ६३४ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्रै ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर पछिल्लो २४ घण्टामा थप १ हजार २८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ हजार ५४८ जनाको परीक्षण गर्दा गत २४ घण्टामा थप १ हजार २८१ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २५५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५४ जना रहेको छ ।
२४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ९१ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २३ लाख ५२ हजार ५ सय २ जनाको पीसीआर परीक्षण भइसकेको छ ।












प्रतिक्रिया