
काठमाडौँ, ६ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक कक्षा बन्द नगर्न आग्रह गरेका छन् ।
उनले नयाँ कोर्ष पुरा नहुन्जेलसम्म नियमित कक्षा सञ्चालन गर्न आग्रह गरेका हुन् ।
मन्त्री श्रेष्ठले लािलतपुरमा आयोजित एक कार्यक्रमपछि पत्रकारसंग कुरा गर्दै उनले स्वाथ्य मन्त्रालयले तोकेको जिल्ला र शहरका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभए पनि अनिवार्य रुपमा वैकल्पिक माध्यम प्रयोग गरी कक्षा सञ्चालन गर्न आब्हान गरेका छन् ।
मन्त्री श्रेष्ठले स्वाथ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड पालना गरी परीक्षाको सञ्चालन गर्न कुनै समस्या नहुने जानकारी गराए ।
उनले स्वाथ्य प्राटोकललाई कडाईकासाथ पालना गरी परीक्षा सञ्चालन गर्दा कुनै समस्या नहुने स्पष्ट पार्दै भने–सरकारले परीक्षा सञ्चालन भएका विद्यालयको अनुगमन गर्दा गलत देखिए कारवाही गर्नेछ ।
उनले परीक्षा भएका विद्यालयमा नियमित अनुगमनलाई निरन्तरता दिने समेत जानकारी दिए । जेठमा सञ्चालन हुने एसईई र कक्षा १२ को परीक्षाको विषयमा सरकारले कुनै निर्णय नगरेको बताउर्दै त्यस विषयमा अवस्था हेरेर विश्लेषण गरिने जानकारी दिए ।
मन्त्री श्रेष्ठले कोभिडको कारण १४ जिल्ला र केही शहरका शिक्षणसंस्था बन्द गर्ने निर्णय भएको बताउँदै सरकारले वैशाख मशान्तपछि बन्द गर्ने वा नगर्ने भन्ने विषयमा अवस्था हेरेर थप निर्णय हुने जानकारी दिए ।
यसैबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको सक्रमण विद्यालय जाने बालबालिकालाई धेरै देखिन थालेकाले जोखिम बढेको छ । आइतबारसम्म पाँच वर्षमुनिका तीन हजार ५ सय ६५ बालबालिकामा कोरोना भाइरस सक्रमण देखिएको र १० जनाको निधन भैसकेको विवरण्ण सार्वजनिक भैसकेको छ ।
राजधानीकै केही सरकारी र निजी विद्यालयका दर्जनौ विद्यार्थी र केही शिक्षकलाई कोरोना संक्रमण भैसकेको अवस्थामा विद्यालय बन्द गर्न दबाब परेपछि मन्त्री परिषदको बैठकले आजबाट बैशाख मशान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण बढ्दै गएपछि राजधानी संगै जोडिएको ललितपुरको महालक्ष्मी नगरपालिकाले एकसाता विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । नेपालगंग, कैलाली लगायत केही जिल्लाका स्थानीय तह आफैले निजी र सामुदायीक विद्यालय बन्द गरिसकेका थिए ।
आज बसेको मन्त्रीपरिषद् बैठकले संक्रमणको जोखिम बढेको भन्दै काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, वीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ !
मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ । शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
विद्यालय बन्द नगरेको भन्दै विभिन्न वालसरोकारवाला निकाय, चिकित्सक लगायतले विद्यालय बन्द गर्न आग्रह गरिसकेको थियो । आइतबार झण्डै १ सय २१ विद्यार्थी संक्रमित भएका थिए । मुलुकभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि विद्यालय बन्द गर्नुपर्ने दबाब बढ्दै गएको थियो ।
मन्त्री श्रेष्ठले शिक्षण संस्था बढी सम्वेदनशिल क्षेत्र भएको र विद्यालय उमेरका वालबालिकामा कोरोना संक्रमणको संख्या बढ्न थालेपछि बैशाख मशान्तसम्म स्वाथ्य मन्त्रालयले तोकेका जिल्ला र शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय भएको बताए ।












प्रतिक्रिया