१४ कार्तिक २०८३, शनिबार

एमालेबाट पुनः गृहमन्त्री बनेका थापाले दौरासुरुवालमा गरे सपथ ग्रहण

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ वैशाख ५ । पुनः गृहमन्त्रीमा नियुक्त भएका रामबहादुर थापा ‘बादल’ ले दौरासुरुवालमा सपथ लिएका छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा गृहमन्त्री थापालाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

यसअघि माओवादीका मन्त्रीहरूले सपथमा सुटपेन्ट लगाउने गरेका थिए । तर एमाले नेताबाट गृहमन्त्री भएका थापा दौरासुरुवालमा शीतल निवास पुगेका थिए ।

नेकपा माओवादीले कारवाही गरेपछि उनको राष्ट्रियसभा सांसदसहित मन्त्री पुद गुमेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले उनलाई पुनः नियुक्ति गरेपछि आजै सपथग्रहण पनि गराइएको हो ।

सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थियो ।