
पर्सा, ५ वैशाख । जगरनाथपुर गाउँपालिका–५ मधुआ बस्ने पानालाल पटेलको २ वर्षीय छोरा निपेश पटेलको ना.४ त १७०८ नम्बरको ट्याक्टरले किचेर आइतबार बिहान मृत्यु भएको छ ।
किच्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगँजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया