१ कार्तिक २०८३, आइतबार

बहराइनले नेपाली कामदार नि:शुल्क लैजाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baharain

काठमाडौं, २० चैत । बहराइनमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन्।

कामदार लिने विषयमा वार्ता गर्न नेपाल भ्रमणमा आएका बहराइनका श्रम बजार नियमन निकायका प्रमुख असमान अबुल्ला अल अवासीले नेपाली कामदारलाई निःशुल्क भिसा र टिकट दिइने जानकारी दिएका हुन्।

श्रम तथा रोजगार मन्त्रालयका उच्च अधिकारी र अल अवासीबीच बिहीबार भएको वार्तापछि बहराइन नेपाली कामदारलाई निस्शुल्क लैजान तयार भएको हो।

हाल बहराइन जाने कामदारले एक लाख ५० हजार रुपैयाँसम्म तिर्ने गरेका छन्।

सरकारले नै त्यहाँ जाने कामदारसँग ७० हजार रुपैयाँ लिन म्यानपावर कम्पनीलाई अनुमति दिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

म्यानपावर कम्पनीले भने कामदारसँग दोब्बर बढी रकम असुल्ने गरेका हुन्।

दुई देशबीच बिहीबार भएको सहमतिपछि अब नेपालले म्यानपावर कम्पनीले ७० हजार रुपैयाँ लिन पाउने व्यवस्था खारेज गर्नुपर्नेछ।

दुई देशबीच भएको यो सहमति कार्यान्वयन हुन सकेमा त्यहाँ जाने नेपाली कामदारका लागि निकै ठूलो राहत मिल्नेछ।

म्यानपावर कम्पनीमार्फत नै कामदार पठाउन निरन्तरता दिइए पनि न्यूनतम सेवाशुल्कबाहेक बाँकी रकम लिन पाउँदैनन्।