
काठमाडौं, ५ वैशाख । प्रवासमा रहेर पनि नेपाली सुगम संगीतको निर्देशन गर्दै आएका वीरेन्द्र नौभाग्य को ‘तिम्रो मनमा’ बोलको गीत बजारमा आएको छ ।
नयाँ वर्ष २०७८ को अवसर पारेर सार्वजनिक गरिएको गीतमा गायक विष्णु ढकालले स्वर दिएका छन् । यस्तै लाकडाँकको निर्देशनमा रहेको गीतलाई स्वयम् लाकडाँकले संगीत भरेका छन् ।
गीतको म्यूजिक भिडयोको छायांकन कोरियाको विभिन्न ठाउँमा गरिएको निर्माण पक्षले बताएको छ । युवा अवस्थामा भएका जोडीबीचको प्रेम प्रसङ्गलाई गीतमा आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।
https://youtu.be/OmFc0UhK3AU















प्रतिक्रिया