१ कार्तिक २०८३, आइतबार

कोपा डेल रेको उपाधि बार्सिलोनालाई

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । एथ्लेटिक बिल्बाओमाथि फराकिलो जित निकाल्दै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको छ ।

स्टेडियो डे ला कार्टुजामा सम्पन्न फाइनल खेलमा बिल्बाओलाई ४–० को हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दोहोरो गोल गर्दा एन्टोनी ग्रिजमन र फ्रेन्की डी जोङले समान १/१ गोल गरेका थिए ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा १२ मिनेटको अवधिमा बार्सिलोनाले ४ गोल गरेको थियो । ६०औं मिनेटमा ग्रिजमन, ६२औं मिनेटमा डी जोङ र ६८ र ७२औं मिनेटमा मेस्सीले गोल गरेका थिए ।

रोनाल्ड कोम्यानको प्रशिक्षणमा बार्सिलोनाले जितेको यो पहिलो उपाधि हो । एथ्लेटिक बिल्बाओको भने कोपा डेल रे को फाइनलमा यो लगातार दोस्रो हार हो ।