९ कार्तिक २०८३, सोमबार

सप्तरीमा हात्तीको आक्रमणबाट किसानको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सप्तरी, ३ वैशाख । हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहमा एक किसानको आज मृत्यु भएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट भारदहका ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ आरक्षका रेन्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली घटनास्थलमा पुगेको वार्डेन अशोक रामले बताए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको उनले बताए ।

कोशी नदी पश्चिम किनार गोलघर नजीक खेतमा काटेर राखिएको गहुँको रखवाली गर्न गएका प्रमाणीलाई हात्तीले कुल्चेपछि उनको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताए । प्रमाणीका श्रीमती, एक छोरा र एक छोरी छन् । –रासस