९ कार्तिक २०८३, सोमबार

नक्कली सुन देखाई ठगी गरेको अभियोगमा पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २ वैशाख । विभिन्न व्यक्तिहरुलाई नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ललितपुर गोदावरी बस्ने धादिङ रुबीभ्याली गाउँपालिका–१ घर भएका ईमरान पन्तलाल तामाङ भन्ने २२ वर्षीय रबिन्द्र थापा तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङले विभिन्न व्यक्तिहरुलाई फलाममा सुनको जलप लगाएको पाता दिई सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१६ बनस्थलीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।