८ कार्तिक २०८३, आइतबार

नयाँ वर्षमा ग्राहक वर्गलाई रिद्धि सिद्धिको भेट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ वैशाख । निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकवर्गहरुलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्य सहित रिद्धि सिद्धि सिमेन्टले केही महिना अघि ल्याएको थियो “शिलान्यास रिद्धि सिद्धिसँग” नामक विशेष योजना ।

यही योजनालाई निरन्तरता दिँदै नयाँ वर्ष २०७८ को शुभ अवसरमा शिलान्यास गर्न चाहने ग्राहकवर्गलाई सानो भेट स्वरूप एक शिलान्यास पूजा सामग्री सेट प्रदान गर्ने भएको छ ।

कम्पनीले प्रदान गर्ने उक्त पूजा सेटमा तामाको कलश ५ थान, चाँदीको कछुवा १ थान, चाँदीको नाग र नागिन १ जोडी, चाँदीको सिक्का १० ग्राम १ थान, हात्तीको प्रतिमा १ थान, जौ, तील, कुश १ प्याकेट, पञ्चरत्न धातु १ थान, सलाई १ थान, बाटेको धुप १ प्याकेट र कपुर १ थान रहने छ ।

योजनाको लाभ उठाउन ग्राहकवर्गले कम्पनीको निःशुल्क टोल फ्री नम्बर १६६००११२४४४ (नेपाल टेलिकम)/९८०१५७२११२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् ।

साथै, कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको क्यूआर कोड स्क्यान गरी रिद्धि सिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्नेछ । अथवा, रिद्धि सिद्धि सिमेन्टको आधिकारिक विक्रेतामा सम्पर्क राख्नुपर्नेछ ।

यो योजना प्रथम १००० उपभोक्तालाई मात्र लागु हुनेछ र यसका लागि न्यूनतम शिलान्यासको शुभ अवसरमा १०० बोरा खरिद गरिएको हुनुपर्नेछ ।