८ कार्तिक २०८३, आइतबार

कतार एयरवेज र जेटब्ल्यूद्वारा रणनीतिक साझेदारी विस्तार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, २ वैशाख । कतार एयरवेजले जेटब्ल्यूसँग आफ्नो रणनीतिक कोडशेयर साझेदारीको विस्तार घोषणा गरेको छ जसले उक्त अमेरिकी क्यारियरका यात्रुहरूलाई अन्तर्राष्ट्रिय गन्तव्यहरूको लागि यात्रा बुक गर्न थप विकल्प र सुविधा प्रदान गर्नेछ ।

संयुक्त राज्य अमेरिका र दोहा बीच १९ अप्रिल २०२० देखि र दोहाभन्दा बाहेकका अन्य गन्तव्यहरूको लागि १ मे २०२० देखि सञ्चालन हुने कोडशेयर उडानहरूको लागि बिक्री सुरू भइसकेको छ ।

कतार एयरवेजका प्रमुख वाणिज्य अधिकारी, श्री थियरी एन्टिनोरीले भने, “महामारीको बावजुद पनि कतार एयरवेजले आफ्ना रणनीतिक एयरलाइन्स साझेदारहरूसँग बलियो सम्बन्ध बनाई संयुक्त राज्यको उपस्थिति विस्तार गर्ने क्रमलाई जारी राख्दै तीव्र वृद्धि भइरहेको नेट्वर्कमा १३० भन्दा बढी गन्तव्यहरू सुनिश्चित गरेको छ । हामी जेटब्ल्यूलाई हाम्रो व्यापक ग्लोबल नेटवर्कमा स्वागत गर्न पाउँदा प्रसन्न छौं र हाम्रा अमेरिकी यात्रुहरूलाई मध्य पूर्वको सर्वोत्कृष्ट विमानस्थलबाट अधिक अन्तर्राष्ट्रिय गन्तव्यहरूको सुविधा प्रदान गर्न पाउँदा अत्यन्तै खुशी छौँ ।”