वीरेन्द्रनगर, २ वैशाख । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिणतर्फको खुल्ला चौरमा बेवारिसे शव फेला परेको छ ।
शव चिंगाड गाउँपालिका ६ का अन्दाजी वर्ष ३५ को जितेन्द्र चलाउनेको भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिक–१२ भावरटोलमा घरभाडामा बस्दै आएका चलाउनेलाई बिहान ७ बजे प्रहरीले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सहायक प्रहरी निरीक्षक नविन शाहीले जानकारी दिए ।
उनका अनुसार शव व्यवस्थापन गरि पोष्टपार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लिनुका साथै थप अनुसन्धान भैरहेको छ ।











प्रतिक्रिया