५ मंसिर २०८३, शनिबार

राजधानीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । काठमाडौं र भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंको माकलबारीमा बुधबार राति बा ७० प ८९८ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु भएको हो ।

काठमाडौंको अत्तरखेल बस्ने सिरहाका २२ वर्षका सोनाम मुखियाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

भक्तपुरको राधेराधे नजिकै गएराति बा ५३ प ६९३८ नम्बरको मोटरसाइकल सडक किनारमा रहेको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल पछाडि बस्ने व्यक्तिको ज्यान गएको छ ।

मोटरसाइकल पछाडि रहेका काभ्रेको धुलिखेल नगरपालिका १० का ३२ वर्षका महेश शाह ठकुरीको भक्तपुरको थिमिमा रहेको मध्यपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

चालक २२ वर्षका महेन्द्र शाह ठकुरीको अहिले मध्यपुर अस्पतालमै उपचार भइरहेको छ ।