८ कार्तिक २०८३, आइतबार

नयाँ वर्षको अवसरमा स्मार्टडोकोले ल्यायो यस्ता अफर

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौँ, ३१ चैत । स्मार्टडोको अनलाइन सपिगं प्लेटफर्मले २०७८ सालको उपलक्ष्यमा “स्मार्टडोको नयाँ वर्षको अफर”लिएर आएको छ ।

जस अन्तर्गत ग्राहकले सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाउनेछन् भने हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।

थप रुपमा, ४ भाग्यशाली ग्राहकले यस अफर अन्र्तगत जित्न सक्ने सामानहरुः

१. कोन्का टिभि
२. आइसिक्स स्मार्टवच्
३. वेगा स्टाय्ण्ड फ्यान्
४. बाल्ट्रा स्लाइस् पप्–अप् टोस्टर रहेका छन् ।

ग्राहकहरुले स्मार्टडोको मार्फत सामसुङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन, सिजि, लिनरफ्लक्स्, हकिन्स्, सनप्ले, किड्स्को, फुलो, मामा अर्थ,पीसेफ् रनियो लाईफ जस्ता टप ब्राण्डका सामानहरु खरिद गर्न सक्नेछन् ।

साथै ग्राहकले भुक्तानीको लागिक्यास्, कार्ड, अनलाइन भुक्तानी, सेल्पे, ई–सेवा, मास्टर कार्ड बाट गर्न सकिनेछन् ।

‘हालसालै नेपालमा सबैभन्दा बढी रेटिङ प्राप्त गरिसकेको स्मार्टडोकोले यसै नव वर्षको अवसरमा “स्मार्टडोको नयाँ वर्षको अफर” ल्याएको छ । हामीले स्वास्थ्यसँग सम्बन्धि प्रडक्ट रहोम एन्ड लिभिङ प्रडक्ट लगायतका कैँयौँ प्रडक्ट अनलाइनमा उपलब्ध गराएका छौं । हामीले रिङ्गरोड भित्रनिःशुल्क डेलिभरी गर्दैआएका छौँ र यस नयाँ वर्षको अवसरमा नेपाल भरी मात्र रु. ५० मा डेलिभरी गर्दैछौँ । हामीले आफ्ना ग्राहकहरुलाई धेरैभन्दा धेरै सेवा दिने उद्देश्यले आकर्षक अफरहरु निरन्तर रुपमा ल्याउँदै आएका छौँ । हामीले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै ग्राहकका आवश्यकताअनुसारका प्रडक्टहरु ल्याउँदै आएका छौँ । ग्राहकले सहज ढंगले सपिङ गर्न पाउनभन्ने उद्देश्यअनुरुप सेवाउपलब्ध गराइरहेका छौं ।’ – आई.एम.एस. ग्रुपका प्रेसिडेन्ट तथा सि.ई.ओ. दिकेश मलहोत्राले भने ।

यो अफर मिति २०७८ वैशाख १ गते देखि ५ गते सम्म मात्र लागू रहनेछ ।