८ कार्तिक २०८३, आइतबार

एनएमबि बैंकको नयाँ वर्षमा अफरै अफरको बहार, २० प्रतिशतसम्म छुट

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ चैत । एनएमबि बैंकले विभिन्न ब्राण्डेड स्टोरहरुमा सामान खरीद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने विषयमा दराजसँग द्विपक्षीय समझदारी भएको जनाएको छ ।

उक्त छुटहरुको लागि बैंकले दराजसँग सहकार्य गरेको छ । जसमा एनएमबिका डेविट कार्ड धारक ग्राहकहरुले दराज एपबाट सामान खरीद गर्दा १५ प्रतिशत वा एक हजारसम्म र क्रेडिट कार्ड धारक ग्राहकहरुले २० प्रतिशत वा १ हजार ५ सय सम्म छुट पाउनेछन् ।

हालको प्रदुषण र कोभिडको परिवेशलाई समेत मध्यनजर गदै बैंकले भिसा कार्ड प्रयोगकर्ताको संख्या उल्लेख्य बृद्धि गर्ने तथा समुदाय स्तरमा सर्वसाधारण सबैले मुलधारको बैंकिङ्ग महशुस गराउने माध्यमको रुपमा आफुलाई उभ्याएको छ ।

बैंकले निकट भविष्यमा विभिन्न थप ब्राण्डहरु संग सहकार्य गदै लैजाने जनाएको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट धधध।लmद।अयm।लउ को एनएमबी भिषा कार्ड डिस्काउण्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।