३ कार्तिक २०८३, मंगलबार

‘हेर्देउन मायाले’ मा तक्मे बुढा र रजनी गुरुङको रोमान्स (भिडियो)

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ चैत । निमा तामाङको स्वर र बादल लिम्बुको संगीतमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको शब्द छ । म्युजिक भिडियो विल्सन विक्रम राई (तक्मे बुढा), रजनी गुरुङबीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । भिडियोमा निमा तामाङ, सुजन राई र विशाल लिम्बुको समेत अभिनय देख्न सकिन्छ ।

पाँचथरको सुन्दर दृश्य समावेश गरिएको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडियोमा विल्सन विक्रम राईको कन्सेप्ट र कोरियोग्राफी रहेको छ । किरण राईको छायांकन र सम्पादनमा भिडियो तयार पारिएको हो । तक्मेबुढा डट कममार्फत भिडियो सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो–