दमौली, ३१ चैत । तनहुँ उद्योग वाणिज्य संघको १६औँ महाधिवेशनमा वैकुष्ठनाथ मिश्र, पविन्द्रकुमार श्रेष्ठ र अर्जुन अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
व्यवसायीहरूको सवैभन्दा ठूलो संस्था रहेको उद्योग वाणिज्य संघमा नेतृत्व हत्याउनका लागि व्यवसायीहरूसँग अध्यक्ष लगायतका पदाधिकारीले भेटघाटलाई तिव्र बनाएका छन् ।
अध्यक्षका प्रत्यासी वैकुष्ठनाथ मिश्रले नवीन प्रविधियुक्त सुढृढ सचिवालय व्यवस्थापन, तालिमको व्यवस्था, उद्योगी व्यवसायीहरूलाई प्रचलित कानून, नीति नियम, सेवा सुविधा एवं तालिम अन्र्तक्रिया गर्ने र व्यवसाय मैत्री कानून वनाउन, जिल्ला, प्रदेश, महासंघमार्फत पहल गर्ने, साना, मझौला व्यवसायी उद्योगहरूको लागि सर्वसुलभ कर्जा उपलव्ध गराउने एजेण्ड अगाडि सारेका छन् ।
मिश्रले ईकाई सभापति, जिल्ला महासचिव, प्रथम उपाध्यक्ष हुँदै काम गरेको अनुभव रहेको छ ।
अध्यक्षका अर्का प्रत्यासी पविन्द्रकुमार श्रेष्ठले समाजिक एकता, नैतिकवान एवं योग्य नेतृत्व, वजार व्यवस्थापन र विस्तार, वहुउद्येश्यीय भवन, व्यवसायकि सुरक्षाका प्रत्याभुति, स्थानिय व्यापारलाई प्रोत्साहन, व्यवसायिक तालिम र रोजगारीको सृजना गर्ने प्रतिवद्धता जनाएका छन् ।
श्रेष्ठले वजार ईकाई, जिल्ला कार्यसमिति, कोषाध्यक्ष र संघको महासचिव रहेर काम गरिसकेका छन् । अध्यक्षसँगै प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, लगायतका पदमा पनि चर्को प्रतिष्पर्धा देखिएको छ ।
महासचिवमा समितिले मनोनयन गर्ने व्यवस्था रहेको छ । यसैगरि अध्यक्षमा व्यवसायी अर्जुन अधिकारीको पनि उम्मेदवारी रहेको छ ।















प्रतिक्रिया