– सन्तोष काफ्ले
सुनसरी, १९ चैत । तीनदिन अघिदेखि धरान २३ को सेउती खोलाको ढुंगा गिट्टी र बालुवा निकासीमा रोक लगाइएको भएपनि विहीवारदेखि प्रहरीको कडा सुरक्षाबीच फेरि सो क्षेत्रबाट ढुंगा गिट्टी वालुवा निकासी गर्न शुरु भएको हो ।
तर जिल्ला विकास समिति सुनसरीले सरकारले गरेको वातावरण प्रभाव मुल्याङ्कन आइए प्रतिवेदन अनुसार सो क्षेत्रमा ठेक्का मार्फत ढुंगा गिटी र वालुवा निकासी गरेको भनेर दावी गरेको छ ।
जिल्ला विकास समिति सुनसरीका स्थानीय विकास अधिकारी युवराज अधिकारीले शान्ति सुरक्षा गर्नका लागि प्रहरी परिचालन गरिएको वताए ।
सरकारको वातावरण जलवायु (आइए) प्रतिवेदनको नियमानुसार भएकोले सो क्षेत्रमा स्काभेटर प्रयोग गरी ढुंगा गिट्टी निकासी ठेकदार मार्फत गरिएको स्थानीय विकास अधिकारी अधिकारीले बताए ।
उनले (आइए) प्रतिवेदनको नियम विपरित भए कानुनी दायरामा ल्याएर कार्वाही गर्ने बताए । जिविसले सेउती खोलामा उत्खनन भएको स्थानमा अनुगमन गरि ठेकेदारलाई कार्वाही समेत भएको जनाएको छ ।
पहिलो पटक चेतावानी स्वरुप ठेक्का पाएको जय पाथीभरा सप्लायर्स इटहरीका ठेकेदार पुरुषोत्तम कोइरालालाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । सम्झौता मुताविक नभए आगामी दिनमा पुन : नियम उलंग्घ भएमा ठेकेदारसगको सम्झौता नै हुने जिविसले जनाएको छ ।
जिल्ला विकास समितिको अनुगमन टोलीले ठेकेदार कम्पनीले आइए प्रतिवेदनको नियमलाई उलंघन गरेको ठहर गरेपछि चेतावनी सहित जरिवाना गरेको हो ।
अनुगमन टोलीका प्राविधिक संयोजक तथा जिल्ला विकास समिती वातावरण उर्जा तथा जलवायु प्राविधिक अधिकृत पुरुषोतम चौधरीले आइए प्रतिवेदनमा खोलाको गहिराई औषत ०.७५सेमी भएपनि हाल सेउती खोलामा १ मिटर २५ सेमी ठेकेदारलाई पटक पटक सम्झौता समेत मनोमानी गरेकोले एक पटकलाई चेतावनी दिएर छाडिएको छ ।
पुनः मापदण्ड मिचेर नदी जन्य पदार्थ निकालिए ठेकेदार कम्पनीलाई नै कालोसुचीमा राख्न सकिने जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि ओमकुमार बस्नेतले बताउनुभयो ।
प्रतिवेदनमा तोकिएको स्थानदेखि ९ सय मिटर, चौडाई २५ मिटर र गहिराई औषतमा ०.७५सेमी उल्लेख गरिएको छ । सेउती खोलामा मापदण्ड विपरीत सेउती खोलामा स्काभेटर प्रयोग गरि ढुंगा गिटी र वालुवा निकासी गरेको भन्दै रोक लगाइएको थियो ।
सुनसरी क्षेत्र नं १ र युवा संघ नेपालको नेतृत्वमा मंगलवार सेउतीमा स्काभेटरको चाबी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा वुझाएको थियो । विरोधमा उत्रिएका सुनसरी क्षेत्र नं १ नेपाली काग्रेसका पर्वत राईले शनिवार पार्टीको बैठक बसेर संघर्षमा जाने बताए ।
उनले भने संघर्ष भनेको शान्ति र अशान्ति दुवै भई कानुनी रुपमा अदालत र अख्तियार सम्म जानेछौ ।
आर्थिक वर्ष २०७१/७२का लागि ठेक्का पाएको जय पाथिभरा सप्लायर्सले खोलामा स्काभेटर प्रयोग गर्दा खोलालाई तीन भागमा विभाजन गरेर विच भागबाट ०.७५ सेन्टिमिटर मात्र खन्न पाउने सहमति भएको थियो । सो सहमतिको विपरित सप्लायर्सले हाल दुईमिटर सम्म गहिरो खनेर ढुङ्गा गिट्टी निकालेको छ ।
धरान १५का स्थानिय वासी तथा विभिन्न राजनीतिक दलहरुका प्रतिनिधिहरुले मंगलबार खोलामा प्रयोग भई रहेको स्काभेटर सञ्चालनमा रोक लगाएका थिए ।















प्रतिक्रिया