काठमाडौं, ३० चैत । एमालेका नेता महेश बस्नेतले एमाले र कांग्रेस मिलेर चुनावी सरकार बन्न सक्ने घोषणा गरेका छन् ।
जनता समाजवादी पार्टी (जसाप)भित्र सरकारका विषयमा विवाद भएकाले कांग्रेससँग मिलेर चुनावी सरकार बनाउन सकिने बताएका हुन् ।
नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग सोमबार बिहान कुरा गर्दै बस्नेतले जसपाका माग पूरा गर्न सरकार तयार रहेको बताए । उनले जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले ओली सरकारमा जान रुचि नदेखाएको बताए ।
उपेन्द्र यादवसँग जसपामा ५–७ जनाभन्दा धेरै सांसद नरहेको एमालेका नेता बस्नेतले बताए । यादवसँग केन्द्रीय सदस्यहरू पनि निकै कम रहेको उनले दाबी गरे ।
जसपा सरकारमा सहभागी भएन भने कांग्रेससँग मिलेर चुनावी सरकार बनाउन सकिने सम्भावना निकै रहेको बस्नेतले बताए ।
एमालेभित्रको विवादका विषयमा नेता बस्नेतले माधव नेपाल समूहलाई अनुशासनमा बस्न सचेत गराएका छन् । उनले अनुशासन उल्लंघन गर्नेहरूलाई कारबाही गर्ने बताएका छन् ।