
जाजरकोट, २८ चैत । जाजरकोटको नलगाड नगरपालिका–८ मङ्सिरीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।
स्थानीय नौँधारी जङ्गलमा लागेको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक मनोद शर्माले जानकारी दिए ।
अम्मरबहादुर सिंह, खड्क सिंह, बेदराज सिंह, चन्द्रबहादुर सिंह र यज्ञबहादुर सिंहको घर जलेको छ । घरभित्र रहेका लत्ताकपडा र पशुचौपाया समेत जलेका छन् ।
शुक्रबार राति भएको त्यस घटनापछि पीडित परिवार खुल्ला आकाशमा बस्न बाध्य भएको प्रहरीले जानकारी दिएको छ ।
नलगाड नगरपालिकाका सबैभन्दा उच्च भाग र हावाहुरी अत्याधिक लाग्ने ठाउँ भएका कारण समयमै आगो नियन्त्रणमा लिन नसकिएकाले बढी क्षति भएको हो ।











प्रतिक्रिया