९ कार्तिक २०८३, सोमबार

पद गुमेका ४ जना पुनः मन्त्रीमा नियुक्त, ५ बजे सपथ ग्रहण

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद बिहीबार पद गुमाएका ४ जनालाई मन्त्रीमा पुनः नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार उनीहरुको शुक्रबार साँझ ५ बजे सपथ ग्रहण रहेको छ ।

नेकपा एमालेमा लागेको भन्दै माओवादीले कारवाही गरेपछि बिहीबार सांसद तथा मन्त्री पद गुमाएका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्ति दिँदै सपथ ग्रहण गराउन लागिएको हो ।

उनीहरुको पुनः नियुक्ति भएसँगै सपथ लिने कार्यक्रम राखिएको हो ।