५ मंसिर २०८३, शनिबार

बर्दियामा बेवारिसे भरुवा बन्दुक फेला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २७ चैत । बर्दिया जिल्लाको श्री गणेश सामुदायिक उपभोक्ता समितिको जंगलमा प्रहरीले भरुवा बन्दुक फेला पारेको छ ।

प्रहरीले २६ गते राति करीव ९ बजे मधुवन नगरपालिका– ८ मा रहेको श्री गणेश सामुदायिक उपभोक्ता समितिको जङ्गलमा बेवारिसे अवस्थामा लोड गरी राखेको भरुवा बन्दुक बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले भरुवा बन्दुक थान–१, बन्दुकमा लाग्ने छर्रा, गोली र बारुद फेला परेको जनाएको छ ।