काठमाडौं, २५ चैत । एमालेको भ्रातृ संगठन अनेरास्ववियूले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन विद्यार्थी नेतालाई कारबाही गरेको छ ।
अनेरास्ववियूका अध्यक्ष ऐन महरले साधारण सदस्यसमेत नरहने गरी आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई मंगलबार कारवाही गरेका हुन् ।
नेपाल पक्षका विद्यार्थीले गत चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए । उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको र पछिल्लोपटक २४ घण्टे स्पष्टीकरण सोधे पनि जवाफ नदिएकोले कारवाही गरेको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले संगठनको हितविपरीत समानान्तर कमिटी गठन गरेकोले कारवाही गरिएको पनि उल्लेख गरेका छन् । उनीहरूमाथि संगठनको निर्देशन अटेर गरेको आरोप छ ।











प्रतिक्रिया