९ कार्तिक २०८३, सोमबार

शिवराजमा आँखा शिविर संचालन, अप्रेशन गरेकालाई निःशुल्क चश्मा वितरण

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-दिपक खड्का

काठमाडौँ, २४ चैत । शिवराज नगरपालिकाको आर्थिक सहयोगमा निः शुल्क आँखा शिविर नेपाल नेत्र ज्योति संघ छन्द कालाबाबु नरायणी आँखा अस्पताल बहादुरगंजको प्रावर्धिक सहयोगमा संचालन गरिएको छ ।

संचालन शिविरमा ३६८ जनाले आँखा चेकजाँच गराएका छन् ।

शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले निःशुल्क आँखा शिविर संचालन गरि आँखामा समस्या भएका र आर्थिक अभावले उपचार गराउना नसकेका व्यक्तिहरुलाई सहज हुने भएकोले नगरपालिकाको आन्तिरक श्रोत वाट ३ लाख विनियोजन गरि शिविर संचालन गरिएको बताए ।

शिविरमा ४९ जनाको आँखा अप्रेशन गरि निःशुल्क चश्मा वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताए ।