९ कार्तिक २०८३, सोमबार

नाङ्गो तार सर्ट भएर ट्रकमा आगलागी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

तनहुँ, २२ चैत । सडकमा टाँगिएको नाङ्गो तार सर्ट हुँदा आज साँझ तनहुँमा एक ट्रक जलेर ध्वस्त भएको छ ।

जिल्लाको व्यास नगरपालिका–१ स्थित चारकुने तर्फ जाँदै गरेको ट्रक अचानक विद्युत् सर्ट हुन जाँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । लु १ ख ८३६२ नम्बरको सो ट्रकमा रहेको पराल जलेर नष्ट भएको छ ।

घटनाको जानकारी पाएलगत्तै व्यास नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । –रासस