
काठमाडौँ, २२ चैत । आइतबार सेयर बजार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
आइतबार बजार २६५७.६१ अंकमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै, एकै दिन ९ अर्ब ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यसअघिको उच्च विन्दु २५४० विन्दुको आफ्नै रेकर्ड ब्रेक गर्दै सेयर बजारले नयाँ इतिहास कायम गरेको हो ।
त्यस्तै, आज ७ कम्पनीको मूल्य वृद्धि भएर सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकममा ४६ करोड ८१ लाख रुपैयाँभन्दा बढी कारोबार भएको निफ्रा अग्रस्थानमा छ । दोस्रोमा अपर तामाकोशी र तेस्रोमा नेपाल पुनर्बिमा कम्पनी रहेका छन ।
१३ समूहमध्ये ८ समूहको सूचक वृद्धि भएको छ । निर्जीवन बिमा समूहमा सबैभन्दा बढी वृद्धि देखिन्छ । फाइनान्स, अन्य तथा वाणिज्य बैंक समूह पनि वृद्धि छ ।















प्रतिक्रिया