
काठमाडौँ, २२ चैत । बलिउड अभिनेता अक्षय कुमारमा कोरोना संक्रमण भेटिएको छ ।
उनले ट्वीटरमार्फत आफूमा कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘म सबैलाई यो सूचना दिन चाहन्छु कि आज बिहान मेरो कोभिड रिपोर्ट आएको छ जसमा म कोभिड पोजेटिभ पाइएको छु । सबै नियमको पालना गर्दै मैले आफूलाई आइसोलेट गरेको छु र म होम क्वारेन्टिनमा छु र आवश्यक औषधी लिइरहेको छु ।’















प्रतिक्रिया