काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा कांग्रेस, माओादी केन्द्र र जसपाबीच सम्वाद हुने भएको छ ।
कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेसँगै सरकार गठनको गृहकार्य शुरु भएको छ ।
कांग्रेसले सरकार बनाउनेबारे निर्णय गरेको भोलिपल्टदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र जसपाका नेताहरूसँग छलफल शुरू गरेका छन ।
दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूसँग टेलिफोनमा कुराकानी गरेका छन ।
माओवादी केन्द्रले आइतबार नयाँ सत्ता समीकरणबारे जनता समाजवादी पार्टीसँग छलफल गर्नेछ । कांग्रेसको निर्णय सकारात्मक रहेको माओवादीले जनाएको छ ।
माओवादीले आज छलफल गर्ने तयारी गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन ।
माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने काम सँगसँगै गर्दा नयाँ सरकार गठनको काम चाँडो र परिपक्व हुने बताउँदै आएको छ ।
माओवादी केन्द्रले पछिल्लो राजनीतिक अवस्थालाई लिएर आजै स्थायी कमिटीको बैठक बोलाएको छ ।











प्रतिक्रिया