२ कार्तिक २०८३, सोमबार

रियल सोसिडाडले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जित्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २२ चैत । रियल सोसिडाडले सन् २०१९–२० स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गर्दै सोसिडाडले उपाधि जितेको हो ।

सोसिडाडलाई च्याम्पियन बनाउन मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । उनले खेलको ६३ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

यससँगै सोसिडाडले ३४ वर्षपछि पहिलोपटक कोपा डेल रेको उपाधि जित्न सफल भएको छ । सन् १९८७ पछि सोसिडाडको यो पहिलो उपाधि समेत हो ।

बिल्बाओले भने यहिँ अप्रिलमा कोपा डेल रेको अर्को फाइनल खेल्ने छ । सन् २०२०(२१ को फाइनलमा बिल्बाओले बार्सिलोनासँग खेल्नेछ । फाइनल खेल अप्रिल १७ मा हुनेछ ।