पोखरा, २१ चैत । कास्कीमा आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा प्रहरीले २२ वर्षीया गीता कुँवर सुनारलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने कुँवर रहेकी छिन् ।
कुँवरले ४२ दिनको आफ्नै नवजात शिशुलाई कर्तव्य गरी मारेको अभियोगमा बिहीबार पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
उनका अनुसार उनलाई कर्तव्य ज्यानसम्बन्धी कसूर अन्तर्गत आज जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया