८ कार्तिक २०८३, आइतबार

माछापुच्छ्रे बैंकको कन्ट्याक्ट लेस कार्ड

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० चैत । माछापुच्छ्रे बैंक लि. ले भिषा कार्ड मार्फत हुने कारोबारहरुलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ ।

आमग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याक लेस कार्ड सेवा सञ्चालनमा ल्याएको हो ।

कन्ट्याक लेस कार्ड सेवाअन्तर्गत कन्ट्याक लेस कार्डको प्रयोग गरी पीओएस (पोइन्ट अफ सेल्स) मा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन, उक्त ‘ट्याप एण्ड पे’ सुविधायुक्त पीओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिनेछ ।

कन्ट्याक लेस कार्डअन्तर्गत बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी २ हजार रुपैयाँसम्मको भुक्तानी गर्दा पिनको आवश्यकता पर्दैन भने २ हजार भन्दा बढिको काराबोर गर्दा कार्ड पिन नम्वर राख्नुपर्ने हुन्छ ।

बैंकले उक्त सेवा आफ्ना अधिकांश पीओएस मसिनलाई ‘ट्याप एण्ड पे’ सुविधायुक्तमा स्त्तरोन्नती गरिसकेको छ । उक्त सुविधा लिनको लागि बैंकका ग्राहकले नजिकको शाखामा सम्पर्क राखी कन्ट्याक्ट लेस कार्ड लिन सक्नुहुनेछ ।