२ कार्तिक २०८३, सोमबार

त्रिदेशीय फुटबल कपका विजेतालाई जनही ४ लाख दिने सरकारको निर्णय

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० चैत । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विजेता खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिएका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । जितसँगै ३७ वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय स्तरको उपाधि जितेको थियो ।