काठमाडौं, २० चैत । एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अध्यक्ष केपी ओली पक्षले गरेको कारबाहीको विषयमा छलफल हुने बताइएको छ ।
कलंकीस्थित एक बैंक्वेटमा बस्ने बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे तथा घनश्याम भुसाललाई कारबाही गरेपछिको अवस्था तथा आगामी रणनीतिबारे छलफल हुने उक्त समूहका एक नेताले बताए ।











प्रतिक्रिया