८ कार्तिक २०८३, आइतबार

सिटिजन्स बैंकद्वारा युएसडी इकम कार्डको सुरुवात

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ चैत । सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले युएसडी इकम कार्डको सुरुवात गरेको छ ।

नेपाल राष्ट्र बंैकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्रअनुसार बैकले सो सुविधा प्रदान गर्न लागेको हो ।

यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी वार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न बैंक समक्ष अनुरोध गर्न सकिनेछ ।

युएसडी इकम कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो खातामा ग्राहक पहिचान विवरण अद्मावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्ने छ ।

यस अन्तर्गत ग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाईन मार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानीगर्न यो कार्ड प्रयोग गर्न सक्नुहुनेछ । यो कार्ड प्रयोग गरी एटीमबाट नगद झिक्न तथा पीओएस मार्फत कारोबार गर्न भने पाइने छैन ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे नौ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।