काठमाडौं, १८ चैत । बंैक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहक महानुभावहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि बीओके ई–कोम युएसडी प्रिपेड कार्ड सेवा सुचारु गरेको छ ।
यस सुविधाअन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरूले प्रतिवर्षमा पाँच सय अमोरिकी डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
यो सेवा भारत बाहेक अन्य देशहरूको ई–कमर्स साइटहरूबाट एक पटक वा पटक–पटक गरि पाँच सय अमेरिकी डलरसम्मको वस्तु वा सेवा अनलाइन भुक्तानी गर्न सक्नेछन् ।
इच्छुक ग्राहकहरूले नजिकको शाखामा आफ्नो प्यान कार्डसहित निवेदन अप्लब्ध गराई यो सुविधा उपभोग गर्न सक्नेछन् ।















प्रतिक्रिया