मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले आफूमाथि घटित भएको एउटा घटना सेयर गरेकी छिन् ।
मलाईकाले भनेकी छिन्, ‘पहिला जब मानिसहरू घरमा आउँथे तब हामीले कुकुरलाई भ्याक्सिन लगाएको छ, नडराउनुस् भनिन्थ्यो । अब म उनीहरूलाई भन्छु ‘नडराउनुस्, हामीले भ्याक्सिन लगाइसकेका छौं ।’
मलाइकाले भनकी छिन्, ‘हामी सबै पागल भइसकेका छौं । एकपटक एउटा रेष्टुरेन्टको बाथरुममा गएकी थिएँ । मैले कुहिनोले बाथरुमको ढोका खोलेँ । मैले आफ्नो खुट्टाले टोयलेटको सीट उठाएँ । मैले टिस्यूको मद्दतले पानीको धारा खोलेँ । आफ्नो हात धोएँ ।’
‘त्यसपछि पुनः बाहिर निस्कनका लागि कुहिनोले बाथरुमको ढोका खोलेँ र जब म फर्किएर टेबलमा आएपछि मलाई महसुस भयो कि मैले आफ्नो पाइन्ट त माथि नै सार्न बिर्सिएछु ।’ योसँगै उनले हाँसेको इमोजी राखेकी छिन् ।
स्मरण रहोस्, सन् २०२० को सेप्टेम्बर ७ मा मलाइकाले कोरोनाभाइरस पोजेटिभ भएको खबर इन्स्टाग्राममा सेयर गरेकी थिइन् । त्यसपछि उनी होम क्वारेन्टिनमा बसेकी थिइन् ।















प्रतिक्रिया