२ कार्तिक २०८३, सोमबार

कोरोनाभाइरसको उत्पत्ति अनुसन्धान गर्न डब्ल्यूएचओको चासो, डरायो चीन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १८ चैत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसको उत्पत्तिको विषयमा थप अनुसन्धान आवश्यक भएको बताएको छ ।

संगठनका प्रमुख टेड्रस अडानोम गेबेरियस भाइरस चिनियाँ ल्याबबाट लिक भएको एकदमै कम सम्भावना रहेको भन्दै थप अनुसन्धानमा जोड दिएको छ ।

अमेरिका र युरोपियन मुलुकहरुले चीनले संगठनलाई पर्याप्त सूचना उपलब्ध नगराएको आरोप लगाएका छन् । भाइरसको सम्बन्धमा रहेका सबै खालका हाइपोथेसिसको अध्ययन भइरहेको संगठनले बताएको छ ।

डब्ल्यूएचओले कोरोनाभाइरसको उत्पत्तिको अनुसन्धान गर्ने भनेपछि चीनलाई तनाब भएको छ । चीनले यो विषयमा धेरै रुचि देखाएको छैन ।