९ कार्तिक २०८३, सोमबार

दमौली खानेपानीको अध्यक्षमा वृषराज विजयी, एशियन सहकारीद्धारा सम्मान

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-वि वि श्रेष्ठ

दमौली, १७ चैत । दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष पदमा वृषराज श्रेष्ठ निर्वाचित भएका छन् ।

संस्थाको यही चैत्र १३ र १४ गते भएको दशौ साधारण सभा तथा चौथो अधिवेशनले वृषराज श्रेष्ठको अध्यक्षतामा माधवप्रसाद अधिकारी, विश्वेश्वर सुवेदी, दीर्घवहादुर थापा क्षेत्री, जगतवहादुर वानिया, ओमवहादुर थापा, ईन्द्रध्वज गूरुङ्ग, गौकुमारी न्यौपाने, विन्दु गुरुङ्ग, योगिता कायस्थ र सुर्यकला काफले सदस्यमा चयन भएका छन् ।

जिल्लाको सवैभन्दा ठुलो खानेपानी संस्था रहेको दमौली खानेपानी उपभोक्ता संस्थामा व्यास नगरपालिकाको ं २,३, र ४ नं वडामा ३५०० खानेपानीको सदस्य रहेका छन् ।

अध्यक्षमा निर्वाचित श्रेष्ठले खानेपानीको क्षेत्रमा सुधारका लागी ट्रिटमेन्ट प्लाण्टलाई सुधार गरि स्वस्थ्य, सफा, किटनाशक, प्रशोधित पानी वितरण गर्ने, आगलागीको अवस्थामा दमकलमा पार्न भर्न आवश्यक ठाँउमा प्वाईन्ट राख्ने, सार्वजनिक धाराको व्यवस्था गर्ने, महशुल भुक्तानीको लागी अनलाईन प्रणाली लागु गर्ने, आधुनिक डिजिटल प्रणाली लागु गर्ने, उपभोक्ताको आवश्यकतालाई ध्यान दिई वैकल्पिक मार्गवाट खानेपानीको आपुर्ति गर्ने योजना रहेको श्रेष्ठले बताए ।

यसैगरी नवनिर्वाचित पदाधिकारीलाई एशियन उपभोक्ता सहकारी संस्थाले सम्मान गरेको छ । संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको नेतृत्वमा दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा निर्वाचित पदाधिकारीलाई सम्मान गरेको हो ।