
काठमाडौँ, १७ चैत । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक र नेशनल अस्पतालबिच क्लासिक टेकका ग्राहकहरुलाई सेवामा छुट दिने सम्झौता भएको छ ।
सम्झौतापछि क्लासिक टेककका कर्मचारीहरु र ग्राहकहरुलाई नेशनल अस्पताल कलंकीमा गरिने औषधी उपचारमा १५ देखि २० प्रतिशतसम्मको छुट प्राप्त हुनेछ । यसमा मेडिकल, ल्याप परीक्षणहरु, तथा अस्पतालको बिरामी बेडको शुल्कमा ग्राहकहरु तथा कर्मचारीहरुले छुट प्राप्त गर्नेछन् ।
क्लासिक टेकले नेपालमै पहिलो पटक आफ्ना इन्टरनेट सेवाका ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर इन्टरनेट सेवा प्रदायक कम्पनीको तर्फबाट यो सम्झौता गरेको हो ।
सो सम्झौतामा नेशनल अस्पतालका तर्फबाट अस्पताल प्रबन्धक कमल प्रसाद गजुरेल तथा क्लासिक टेकका कलंकी ब्रान्च म्यानेजर अमृत राज बैद्यले हस्ताक्षर गरेका छन् ।
अस्पतालका प्रशासकिय अधिकृत किशोर सुवेदीकाअनुसार सम्झौतासँगै क्लासिक टेकका ग्राहकहरु तथा कर्मचारीहरु सबैले अन्य विभिन्न सेवाहरु समेत प्राप्त गर्नसक्नेछन् ।
सो सेवा लिनका लागि कम्पनीका कर्मचारीहरुले क्लासिक टेकको आफ्नो परिचय पत्र देखाउनुपर्नेछ भने ग्राहकहरुको हकमा मोबाइल एप वा बिल भुक्तानी भएको प्रमाण पेश गर्नुपर्नेछ ।
इन्टरनेट प्रयोगकर्ता र इन्टरनेट सेवा प्रदायक कम्पनी बिचमा एउटा बिश्वास अनि सुमधुर सम्बन्ध बनाउने उद्देश्यका साथ कम्पनी अगाडि बढिरहेको छ ।
इन्टरनेट ब्यवसायलाई केवल व्यापारिक दृष्टिकोणले मात्र नभई सामाजिक रुपान्तरणको प्रमुख साधनको रुपमा अघि बढाउने उद्देश्य क्लासिकटेकले लिएको छ ।
क्लासिकटेकले आफ्नो सेवा, सुबिधाका साथ साथै आफ्ना ग्राहकको स्वास्थलाई पनि विशेष ध्यान दिइ यो सम्झौता गरिएको हो र यसले इन्टरनेट प्रयोगकर्ता र इन्टरनेट सेवा प्रदायक कम्पनी बिच सुमधुर अनि सुदृढ सम्बन्ध बनाउने विश्वास कम्पनिले राखेको छ ।
क्लासिकटेकको फेसबुक पेज लाइक गरी नयाँ अफर को जानकारी लिन सकिनेछ ।















प्रतिक्रिया