
काठमाडौं, १७ चैत । सामाजिक सञ्जालमा भाइरल भएकी एक संघर्षशील महिला अब म्युजिक भिडियोमा पनि देखिने भएकी छन् ।
सानो सन्तानलाई पिठ्युमा बोकेर बिहानै ३ बजेदेखि काममा खटिएकी महिलाका बारेमा युट्युववमा भिडियो सार्वजनिक भएपछि उनी भाइरल भएकी थिइन् ।
श्रीमानले छोडेर गएपछि सानो सन्तानलाई हुर्काउन उनले गरेको संघर्ष निकै प्रेरणादायी छ । त्यही संघर्षका कारण उनी भाइरल भएकी थिइन् । अहिले उनलाई एउटा म्युजिक भिडियोमा अभिनय गर्ने मौका मिलेको छ । उनको काम अनुसारको भूमिका रहेको कलाकारहरुले बताएका छन् । उनलाई म्युजिक भिडियोमा पनि चिया बेच्ने महिलाकै रुपमा प्रस्तुत गरिएको छ ।
पाँच महिनाको प्रेमपछि उनले विवाह गरेकी थिइन् । तर जीवन उनले सोचे जस्तो भएन । श्रीमानले छोडेर गएपछि उनको जीवन निकै कठिन भयो । प्रेम गरेर विवाह गरेका श्रीमानले अप्ठेरोमा पारेर गए । तर सन्तानलाई त हुर्काउनै पर्यो, आफ्नो पेट पनि पाल्न पर्यो ।
श्रीमान सुन्धारामा बस्ने गरेको र ठेक्काको काम गर्ने गरेको उनले बताइन् । कहिलेकाँही फोन त गर्थे तर कहिल्यै माया देखाएनन् ।















प्रतिक्रिया