५ कार्तिक २०८३, बिहिबार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । नेपाली बजारमा आज मंगलबार सुन तथा चाँदीको मूल्यमा सामान्य कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ । जसअनुसार आज मंगलबार छापावाला सुन ८६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।

अघिल्लो दिन सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्यमा १० रुपैयाँले कमी आए र प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।