
कास्की, १७ चैत । पोखराका देबहादुर बिकले आफ्नी श्रीमतीको कुटीकुटी हत्या गरेका छन् ।
४७ वर्षीया श्रीमती देवी जिसी बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका–२६ बरालडाँडा उपरजरेका ४९ वर्षीय देबबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकी श्रीमतीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाकबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनलाई शनिबार नै पक्राउ गरेको बताएको छ ।
देबबहादुरमाथि कर्तव्य ज्यानसम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीमार्फत ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।















प्रतिक्रिया