५ कार्तिक २०८३, बिहिबार

नेपाल पत्रकार महासंघ नेपालकै पहिलो लोकतान्त्रिक चरित्रको नागरिक संस्था हो : आचार्य

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपाल पत्रकार महासंघ नेपालकै पहिलो लोकतान्त्रिक चरित्रको नागरिक संस्था भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघको ६६औं स्थापना दिवसका अवसरमा आचार्यले एक शुभकामना सन्देश जारी गर्दै मुलुकका संघ संस्थामध्ये सबैभन्दा बढी समावेशी र सबैभन्दा पहिले संघीय ढाँचामा जाने संस्था पत्रकार महासंघ भएको भन्दै सो कुरा बताएका हुन् ।

‘अहिले महासंघ मातहत १० वटा प्रदेश समिति, ७६ वटा जिल्ला शाखा, ४२ वटा प्रतिष्ठान शाखा, ११ वटा वैदेशिक शाखा र १२ वटा एशोसिएट संस्था आवद्ध छन्,’ उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘मुलुकका संघ संस्थामध्ये सबैभन्दा बढी समावेशी र सबैभन्दा पहिले संघीय ढाँचामा जाने संस्था बनेकोमा हामी गर्व गर्दछौं ।’

नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुरुप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै उनले संघ, प्रदेश र स्थानीय तहमा प्रेसमैत्री सञ्चार नीति, कानून र संरचना निर्माणका लागि महासंघले निरन्तर पहल र खबरदारी गर्दै आएको बताएका छन् ।

उक्त अवसरमा अध्यक्ष आचार्यले महासंघले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवर्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेश स्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आमसञ्चार प्राधिकरण जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनर्संरचना, समानुपातिक विज्ञापनको कार्यान्वयन, श्रमजीवी पत्रकार कल्याण कोषमा विज्ञापनको १० प्रतिशत रकम राख्नुपर्ने कानूनी व्यवस्थाको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ता वितरणको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका मागहरू पूरा गर्न सरकारसहित सम्बन्धित निकायहरूको ध्यानाकर्षण समेत गराएका छन् ।